केही तथ्य र बस्तुगत संरचनाहरु
Published in: July 7, 2024>

एक तथ्य, जुन पानीको उपयोगिताको वर्णन गर्न शब्दहरुबाट सम्भव नहोला । यति मात्र भनौ यो रङ्गहीन तरल पदार्थ हो । यसले आफ्नो सतह आफै पत्ता लगाउँछ । यो प्राकृतिक वरदान हो । पानीको यहि विशेषतामा मात्र सीमित हुँदा पनि यी कुराहरु प्रष्ट रुपमा देख्न सकिन्छ । पानीलाई एउटा संरचनामा राख्यौ वा हाल्दियौ भने वाष्पमा परिणत हुन्छ । जुन वाष्पशक्ति भई इन्धनमा परिणत हुन्छ । अर्काे एउटा संरचनामा प¥यो भने आइस् जस्तो ठोस रुपमा परिणत भई टाईटानिकलाई टक्कर दिन्छ । अझ यो पानीलाई हामी अर्काे संरचनाको डायनामोतिर खसालिदियो भने विद्युतमा परिणत हुन्छ । विद्युतको महत्व शब्दबाट वर्णन गर्न मेरो शब्दले सम्भव छैन ।
यसर्थ पनि यसबाट के निष्कर्ष निस्कन सक्छ भने कुनै पनि एउटा संरचना को निकै महत्वपूर्ण भूमिका रहने गर्छ । त्यसैले हामी हाम्रोआवश्यकता अनुसार कस्तो संरचना निर्माण गर्नुपर्छ भन्नेविषयमा छलफल हुन जरुरी छ । हाम्रोसन्दर्भमा स्मार्ट गाउँ, स्मार्ट ठाउँ, स्मार्ट शहर, समृद्ध देश आदिको लहडमा स्मार्ट र समृद्ध शब्दको भावनामै अपमान गरिएको छ । शब्दको दुरुपयोग भएको छ । यो शब्दलाई यति साह्रो हल्का रुपमा लिनु हुदैन । उन्नति, प्रगति, विकास क्षणिक होइन, दिर्घकालिन हुनुपर्छ ।
एक पक्षीय होइन बहुपक्षीय हुनुपर्छ । भौतिक, यान्त्रिक मात्र नभई चेतनात्मक र मानवीय संवेदनाशीलताका मूल्य मान्यताहरुको पनि बढावा हुनुपर्छ । मेचीदेखि महाकाली र मर्चवारदेखि मुस्ताङ्गसम्मका प्रत्येक ठाउँमा रहेका समाज र समुदायका बासिन्दाहरुले आफ्नो ठाउँ, समाज र गाउँलाई गर्व गर्न सक्ने ठाउँ बनाउनु मेरो कर्तव्य र दायित्व हो भन्ने आत्मबोध हुने संरचनाको निर्माण गर्न जरुरी छ । किनकी आफ्नो जन्मठाउँ, समाज र गाउँलाई सराप्दै त्यहाँका मानिसहरु बाहिरिनु अहिलेको दुःखदायी ज्वलन्त समस्या हो । देशको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक आदि सबै पक्षहरु नेतृत्वको संकीर्ण सोँच, पैसाप्रतिको अतिमोह, निकृष्ट लोभ, दूरदर्शिताको अभावका कारण लथालिङ्ग भताभुङ्ग भएका छन्। यसका बाबजुद पनि प्रशस्त सम्भावनाहरु पनि छन्।
हाम्रो जीवनको महत्वपूर्ण आधार नै हाम्रो ठाउँ समाज र समुदाय हो । जहाँ हामी रित्तो खालि हात जन्मेका हुन्छौ र रित्तो खालि हातनै मृत्युवरण गर्छाै, अस्ताउँछौ । आफ्नो जीवनमा जुन गर्छाै, लिन्छौ वा दिन्छौ, कमाउछौ वा गुमाउछौ सबै त्यहि ठाउँ वा समाजमा अन्तरनिहित हुन्छ । यतिमात्र हो कि जन्मदा, कर्म गर्दा र मृत्यु हुँदा फरक फरक ठाउँ, समुदाय विशेष हुन सक्छ । जब सम्म हामी हाम्रो जन्मभूमिलाई कर्मभूमिको रुपमा परिणत गर्न सकिदैन यो अवस्था रहि रहन्छ ।
Read this too
Panchsheel Samaj
प्रकृतिले मानिसलाई माया दिएको हुन्छ, जुन मायाले मानिसलाई बाँधेर राख्छ र जीवनको दिशा दिन्छ। यो माया नै मानिसलाई बाँच्न प्रेरित […]
आजको समयमा चन्द्रमामा बस्ती बसाउने चर्चा चलिरहदा हामी कालिकोटको वस्ती व्यवस्थापन गर्न नसक्नु दुःखद कुरा हो । यसमा हाम्रो इच्छाशक्ति नहुनु, आफुलाई प्रकृतिले प्रदान गरेको अमूल्य बरदानलाई नचिन्नु, बहुराष्ट्रिय कम्पनीहरुको विज्ञापनले हाम्रो माथिङ्गल खल्बल्याइदिनु जस्ता यावत समस्याहरुले यस्तो हुने गर्छ । भूमण्डलीकरणको प्रभावले हाम्रो समाज पनि प्रभावित नहुने भन्ने हुनै सक्दैन । उपलब्ध वस्तुस्थितिको यथार्थ अध्ययन, मानव जीवनको अर्थ र रहस्य बुझ्न सकियो भने हामी हाम्रो ठाउँ र समाजलाई सहि परिवर्तन गर्न धेरै समय लाग्दैन । हाम्रो ठाउँ समाजमा भोगी, ढोंगी, बिलासी र पाखण्डीलाई तिरस्कृत गर्ने अनि सहनशील, सहयोगी, इमान्दारी, परिश्रमी र मेहनतीलाई पुरस्कृत गर्ने संस्कारको संरचना विकास गर्न सक्यौ भने मात्र सामाजिक विकासमा सहि परिवर्तन ल्याउन सकिन्छ ।
प्रगति, सुधार, विकास जे भने पनि जसको प्रगति, सुधार र विकास गर्नुपर्ने हो त्यसैको कमि कमजोरी, अभाव वर सम्भाब्यताको वस्तुपरक यथार्थ जानकारी लिन सक्नुपर्छ र स्वीकार गर्नुपर्छ । तब मात्र विकास सम्भव हुन्छ । पानीको एउटा मात्र विशेषताले कुनै एउटा फरक फरक संरचनाको आधारमा हाम्रो ठाउँ, समाज र समुदायलाई त्यतिसम्मको योगदान दिएको हुन्छ भने हामी मानिसहरु त स्वभावैले बहुविशेषता भएको सामाजिक प्राणी होइन र ? तसर्थ त्यस्तो संरचना तयार पारौं जुन संरचनाले हामी र हाम्रो ठाउँ र समाजलाई समृद्धितिर लैजान सकोस्।
You may also like this
- The Resurgence of Sea Power and Geopolitical Importance of the Indian Ocean in the 21st Century
- Federalism Enablement and National Concerns Committee enquires about Lumbini Master Plan
Balchandra Rana