स्वर्ग कहाँ छ?

Published in: September 20, 2020>

स्वर्ग कहाँ छ?

लहरा पात बनेर
पाखा पखेराेमा फुलिरहेछ
देख्दैनाै तिमी खै किन ?
स्वर्गीय सुगन्ध यतै डुलेछ

विविधतामा एकता मीत लाई
काेइलीकाे भाका सुनेर
डम्फुकाे तालमा मयुर नाचेछ
देख्दैनाै तिमी खै किन ?
बादल सरि गगनमा अशान्ति
सधैव हटेछ

सपना हैन विपना
तिम्रै काेखमा उ खेलिरहेको
देख्दैनाै तिमी खै किन ?
स्वर्गसरि नेपाल बनिरहेको ।

हरेक मान्छेकाे जीवनकालमा मन,मस्तिष्क ,कानहरुमा गुन्जिने एउटा प्रश्न हाे ।स्वर्ग कहाँ छ? स्वर्ग कस्तो छ? हामी निकै आनन्दका साथ स्वर्ग शब्दको उचचारण गर्छाैं ।कल्पनामा डुबेर साेच्ने हाे भने सर्वगुणले भरिपुर्ण ठाउँ ,जहाँ कुनै अप्ठ्यारो परिस्थिति तथा कुनै कुकार्यबाट सिकार हुनु पर्दैन ,बडाे आनन्दले समय कटाउन सकिन्छ भन्ने बिचारधारा जाे काेहिकाेे मस्तिष्कले निर्माण नगर्ला भन्न सकिन्न।मृत शरिरलाई जलाएर ,जमिनमा गाडेर पनि स्वर्गमा बाँस हाेस भन्दै गर्ने पुजाआजाका कार्यले स्वर्गकाे सुगमता ,त्यहाको आनन्दमय वातावरण आदिकाे बारेमा चिन्तन नगर्ने कमै मात्रामा हुनुन्छ हाेला ।तर मलाई लाग्छ, यदि तपाईंको मस्तिष्कले यस्तै प्रश्न शिराेधार्य गरेकाे छ भने टाढा जानै पर्दैन हृदयले आमा,मातृभूमि ,निश्वार्थ माया गर्ने मन,याे प्रकृति भित्र डुबेर हेर्नुस।सपनाको स्वर्गलाई विपनामा स्थानान्तरण गराई आनन्दकाे सागरमा पाैडिन सघाई रहनेछ ,अनुपमता भित्रकाे सुगमतालाई चुमेर त बिचार गर्नुस पल पलमा स्वर्गीय आनन्दकाे अनुभुती पाउनु हुनेछ ।

नेपाल दक्षिणी एसियाका दुई विशाल राष्ट्रकाे बीचमा फैलिएर रहेको क्षत्रफलमा सानाे तर आफैमा विश्व हाे।नेपालको इतिहासलाई हेर्ने हाे भने मन्जूश्रीकाे याेगदान पश्चात् काठमाडौंमा गाेपालवंशीकाे शाशनकाल सुरु भएको पाईन्छ ।गाेपाल वंश पछि अभिर ,किरात हुदै विभिन्न कालखण्डमा विभिन्न वंशहरुले शासन सन्चालन गरे।विश्वमा साम्राज्यवादकाे विस्तार हुन थाल्यो ठुला र बलवान् राष्ट्रले साना राष्ट्रलाई कब्जा गर्ने ,माा्छेले मान्छेलाई मार्ने अमानवीय कृयाकलापले पनि निकै पश्रय पाउन थाले ,कैयौं राष्ट्रहरु उपनिवेशमा बश्नु पर्याे ।तर नेपामा विदेशी साम्राज्यवादीहरु आईसकेका थिएनन् र यहाका शाशकहरु पनि बडाे कुटनीतिमा चलाख थिय पनि।तसर्थ नेपाललाई विभिन्न राज्य रजाैटामा विभाजन गर्दै राज गर्ने परिपाटीको विकास हुन थाल्यो जसबेला गाेरखा राज्य, सेन वंशी,खसमल्ल वंशी जस्ता अनेकौं वंशले विभिन्न ठाउँमा शासन सञ्चालन गरेका थिए ।भारतमा साम्राज्यवादीहरु आफ्नाे प्रभुत्व कायम गर्न निकै कृयाशिल हुन थालेका थिए ।

नेपाल आमालाई ती साम्राज्यवादीहरुले पनि कहाँ छाड्थे हाला र त्यतिबेलै गाेरखा राज्यमा पृथ्वीनारायण शाहको राज्यराेहण भयाे जसबेला उनी 20 बर्षका थिए ।राज्यराेहण पश्चात् तिर्थयात्राकाे रुपमा बनारस भ्रमण गर्ने माैका पाए ।भ्रमणकैक्रममा इष्टइन्डिया कम्पनिले भारतका हिन्दु धर्म सँस्कृतिसँग सम्बन्धित मन्दिर ,सम्पदा सबै भत्काउने मास्ने अत्चार देखेर हिमत्वखण्डकाे याे क्षेत्र`नेपाल´जाेगाउने प्रेरणा जाग्यो ।अन्ततः विभिन्न राज्य रजाैटामा बाडिएकाे नेपाल एकीकरण गरि सुन्दर शान्त विशाल नेपाल निर्माण गरे ।विभिन्न धर्म सम्प्रदायका भिन्न नागरिकलाई एकताको सुत्रमा आबद्ध गराए जुन देन आजसम्म जिवित छ।पटक पटकको चाेटमा पनि आफ्नाे अस्तित्व रक्षाका लागि वीर सपूत जन्माउने मातृभूमिलाई स्वर्ग सँग तुलना गर्न मिल्दैन ?विभिन्न कालखण्ड अनुरुप प्रजातन्त्र ,गणतन्त्र ,लाेकतन्त्रलाई आत्मसात् गर्दै हाल सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित,कानुनी सर्वोच्चता कायम गरिएको संघिय लाेकतान्त्रीक गणतन्त्रात्मक राज्य निर्माण गरिएको छ।जनतालाई केन्द्रविन्दुका रुपमा स्विकार्दै जनसहभागिता वृद्धि संगै जनअपेक्षा अनुसार शासकीय गतिविधि सञ्चालन गरिएको राष्ट्र स्वर्ग भन्दा कत्ति पनि फरक छैन हाेला ।
सार्वभौम अधिकार,स्वयत्तता र स्वशासनकाे अधिकारलाई आत्मसात गरेको बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक,बहुसाँस्कृतिक बिशेक्तायुक्त नेपाल यदि स्वर्गहरुमा पनि विभिन्न राज्यहरु छन भने त्याे स्वर्गकै सर्वाेत्तम राज्य हाे।समुन्द्री सतहकाे करिब 59 मिटर देखि 8848 मिटर सम्मकाे प्राकृतिक भू – वनाटका कारण यहाँको भाैगाेलिक क्षेत्रलाई हिमाल ,पहाड र तराई गरि तीन भागमा विभाजन गरिएको छ।

संसारका आ धुनिक प्रविधिले निर्माण गरेका कुनै पनि बस्तुले त्यहाको सुन्दरतासँग च्यालेन्ज गर्न सकदैन ।सेता चादिँ जस्तै टल्कने ती मनमाेहक हिमाल नेपालको राष्ट्रिय पाेशाककाे ढाका टाेपि जस्तै अटल अनि सुन्दरतामा पनि उच्च छन।त्यस्कै आसपासमा फुलेका फुलहरुले संसारका कुनचै फुलहरुकाे बास्ना एकत्रित गर्न भ्याएका छैनन हाला र? उच्च हिमशृखरहरुलाई उद्गम स्थल बनाएर अनवरत रुपमा वगिरहने नदि (धर्तिमाताकाेे रगत) हरुले ठाउँ ठाउँमा आफ्नाे स्वरुप परिवर्तन गर्दै जादा वनाएका ताल ,कुण्ड ,झरनाले त झनै साैन्दर्यताकाे शिरलाई उचाे बनाएको छ।

हिमशृखर,हिमनदि,ताल,कुण्ड ,झरना आदिकाेआसपासमा रहेका घासे मैदान अनि बन्यजन्तु ,काेईलीकाे सुमधुर स्वर डाफे मुनालकाे देन त कहाँ विर्सन सकिन्छ र।के अनुपम प्राकृतिक साैन्दर्य भित्र के स्वर्गकाे अनुभुती गर्न सकिदैन ?प्रकृति निकै सुन्दर छ यसकाेे संरक्षणमा सरिक हुने ,उसकै आसपासमा खेल्न चाहने जाेकाेहिलाई आफ्नाे सुन्दरतासंग समाहित गराउन पछि पर्दैन।उद्दाहरणका लागि हिमाली क्षेत्रका हिउचितुवा,घाेरल,गैडा,बाघ,अर्ना बँदेल,भाेटे ,शेर्पा ,ब्राह्मण ,क्षेत्री लगायत अन्य जातजातिहरुकाे साँस्कृतिक रहनसहन कति सुन्दर छ।हिमाल र तराईको बीच तिरबाट पूर्वपश्चिम समानान्तर रुपमा फैलिएर रहेको पहाडी प्रदेश पनि साैन्दर्यकाे खानि हाे।

साना ठुला विभिन्न पर्वत ,डाडा,पाखाहरुले आकाश सँग जाेडिए जस्तै गरि निर्माण गरेका क्षितिजहरु साथै विहानिकाे सुर्यको किरणसँग बृक्षका पातमा टप्केका घनिभुत शितका थाेपाहरुले प्रकाश परावर्तन गरि निर्माण गरेका दृश्यबाट कस्काे मन प्रफुलित हुदैन हाेला?वरिपरि छरिएर रहेका ती घासेमैदान ,घासे मैदानको बीच बीचमा रङ्गी विरङ्गी फुलहरुले छपक्क ढाकेका मनाेरम पाटा सँगै कलकल बग्ने झरना, हेर्दा सिद्धहस्त कलाकारले निर्माण गरेको बुटिक जस्तै देखिने प्राकृतिक सुन्दरता के स्वर्गसरि छैन? तराईका ती खेतहरुमा हावाको मन्दगतिमा लहलह झुलेका धानका बाला सँगै मयुरकाे डान्सले कस्काे मन लाेभ्याउदैन हाेला ?

ती अनेकौं सँस्कृति ,परम्परा ,जाति अनुसारका फरक फरक नाच , दर्जनौं चाडपर्वहरुले रङ्गको नेपाल देखेर जाे काहिकाे मानष्पटलमा जिग्यासाका प्रश्नकाे चाङ लाग्दैन हाेला र?बर्ष दिनमा एक दिन पूजा आरधना गर्ने अवसर मुस्किलले पाएकाहरुलाई हाम्राे एउटै पर्वकाे अध्ययन गर्न पूरा जिन्दगी खर्चिनु पर्छ के याे गाैरवकाे कुरा हैन?संसारका कतिपय ठाउँमा प्राकृतिक साैन्दर्यताकाे अभावमा कृत्रिम बस्तुबाट भरपुर आनन्द लिने चेष्टा गरेकाछन ।तर हामी विश्वकै अग्लाे शिखर सगरमाथाकाे काखमा बसि गाैतम बुद्दका शान्तिका माेहन बाणिहरु सँगै वीरताकाे गाथा गाएर निन्द्रा देवि सँग सुमधुर सम्बन्ध गास्न पाएका छाैँ ।के यसलाई स्वर्गरुपि आनन्दकाे रुपमा लिन सकिदैन ?

राज्य सञ्चालनका क्रममा कुनै कुविचार बाकेका व्याक्तिले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्दा एंव सिमित व्यक्तिको हितअनुकुल हुनेगरि कानुनको प्रयाेगले समस्य सृजना भएका हुन सक्छन ।आफ्नाे अधिकारप्रति जागरुक र कर्तब्यप्रति निष्ठावान हुदै समस्या समाधानमा सहयोग गर्नु सम्पुर्ण नागरिककाे दायित्व हाे।आफ्नाे देशको विविधता भित्रकाे एकताले छरेकाे सुगन्धलाई विर्सेर विदेशकाे दुर्गन्धमा रमाउने चेष्टा जाे काेहिले गर्छ भने त्याे सन्तानले अामा प्रति निर्वाह गर्नुपर्ने भूमिका विपरित हुनेछ ।अपवादलाई उद्दाहरण बनाएर हैन मनमा सकारात्मक साेच सहयाेगि भावना बाेकेर आफ्नाे हृदयले आफु र मातृ भूमिलाई बुझ्ने काेशिश गर्नुस त्यहीँ छ स्वर्ग।“जननि जन्म भूमिस्च्व स्वर्गदिप गरियसि ….

 

You may also like this

Response

Your email address will not be published. *